प्रधानमन्त्री भेट्न ओली पुगे खुमलटार

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली खुमलटार स्थित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेका छन्।

प्रचण्डलाई भेट्न अध्यक्ष ओली एक्लै पुगेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। अहिले उनीहरूबीच वार्ता चलिरहेको छ। ओली दुई वर्षपछि प्रचण्ड निवास पुगेका हुन्।

यसअघि बिहान प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए।

नेपाल र यादवसँगको छलफलपछि प्रचण्डले एमाले अध्यक्ष ओलीसँग वार्ता गर्न लागेका हुन्।

Share post:

Recent