रेल चढ्ने क्रममा किचिएर एक जनाको मृत्यु

धनुषा – जयनगर-जनकपुर गुड्ने रेल चढ्ने क्रममा किचिएर एक जनाको मृत्यु भएको छ। भारतको जयनगरबाट जनकपुरधाम आउँदै गरेको रेलबाट किचिएर उनको मृत्यु भएको हो।

मृत्यु हुनेमा धनुषाको नगराइन नगरपालिका राघोपुरका ३५ वर्षीय पुरन दास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रहरीले दिएको जानकारी अनुसार जयनगरबाट जनकपुरधामको लागि छुटेको रेल विदेह नगरपालिका वडा नम्बर ९ स्थित वैदेही स्टेसनबाट रेल चढ्ने क्रममा दासको मृत्यु भएको हो।

रेल गुडेपछि चढ्ने क्रममा दासको खुट्टा अड्किएपछि सोही रेलले किचिएर उनको मृत्यु भएकाे प्रहरीले जनाएको छ।

Share post:

Recent