कांग्रेस महासमिति सदस्य टेकनशोभाको ४५ वर्षको उमेरमै निधन

कास्की – नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्य टेकनशोभा गुरुङको ४५ वर्षको उमेरमै निधन भएको छ। उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिइन्।

उनको ४५ वर्षको उमेरमा आज दिउँसो पोखरास्थित मेडिप्लस अस्पतालमा उपचारको क्रममा निधन भएको हो। कास्कीको माछापुच्छ्रे गाउँपालिका निवासी उनी पर्यटन व्यवसायी पनि हुन्। उनको निधनप्रति कांग्रेसका नेता कार्यकर्ताले निकै दुःख व्यक्त गरेका छन्।

Share post:

Recent