आइतबार साँझ भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित पाण्डुबजार हाईटको एउटा कोठामा पाँच महिनाको शिशु मृत अवस्थामा फेला परेको थियो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार शिशुकी आमा ३७ वर्षीया शर्मिला मोक्तान नजिकैको पसलमा विद्युतीय हिटर राखेर तरकारी किन्न गएकी कोठामा मृत अवस्थामा फेला परेको हो ।
प्रहरी घटनास्थलमा पुगेपछि कोठामा सोफा जलेको र बच्चा मृत अवस्थामा फेला परेको थियो। प्रहरी परिसरका प्रवक्ता डिएसपी राजु पाण्डेले भने । प्रहरी घटनास्थल पुग्दा स्थानीयले आगो निभाइसकेका थिए, पाण्डेले भने । तर, यस वर्ष जाडो मौसम सुरु भएपछि जिल्लामा आगलागी भएको पहिलो घटना भएको उनले बताए । जाडो याममा घरमा आगलागी हुन नदिन जिल्ला प्रहरी परिसर काठमाडौंले विद्युतीय हिटर, मट्टितेलको हिटर, कोइल हिटर, दाउराबाट न्यानो लिँदा विशेष सावधानी अपनाउन स्थानीयवासीलाई अनुरोध गरेको छ ।