अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० का विद्यार्थीहरू आपसमा झडप हुँदा चारजना विद्यार्थी घाइते भएको क्याम्पस प्रशासनले जनाएको छ ।
घाइते विद्यार्थीलाई उपचारका लागि काठमाडौं मोडल अस्पताल लगिएको जिल्ला प्रहरी वृत्त काठमाडौंका उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
क्याम्पस कमिटीको अधिवेशनलाई लिएर दुई गुटबीच भएको झडपमा अनेरास्ववियु क्याम्पस समितिका अध्यक्ष मदन भण्डारीसहित तीन विद्यार्थी घाइते भएका छन् ।