तिनीहरूको वैचारिक मुरिङहरू अनुसार, तालिबानले गत वर्ष डिसेम्बर २० मा घोषणा गर्यो कि उनीहरूले महिलाहरूको लागि विश्वविद्यालय शिक्षामा प्रतिबन्ध लगाउनेछन्, जुन त्यसबेलासम्म अलग-अलग कक्षाकोठाहरूमा जारी थियो। यो घोषणा हुनुभन्दा धेरै अघि, केटीहरूको लागि माध्यमिक शिक्षा रोकिएको थियो।
छात्रालाई विश्व विद्यालय जान रोक लगाएपछि क्याम्पस प्रशासनले भने महिला विद्यार्थीका लागि ‘अनलाइन क्लास’ सुरु गर्ने प्रयत्न गरिरहेका छन् । तर, ती अपर्याप्त र प्रभावकारी नभएको अफगान छात्राको गुनासो छ । त्यसको केही महिना अघि तालिबान सरकारले महिलालाई एनजिओमा काम गर्न रोक लगाएको थियो ।
सरकारले तोकेका निश्चित काममा बाहेक सबै प्रकारका रोजगारमा प्रवेश गर्न दिँदैन । विश्वविद्यायको परिक्षा कक्षा नलिइकन स्वअध्ययनबाट दिनु पर्दछ । एक्काइशौं शताब्दिमा कुनै देशमा यस्तो पनि शासन छ, यसरी पनि आफ्नै आमा, दिदीबहिनीलाई सताइन्छ भन्ने सुन्न पर्दा संसार आश्चर्यचकित होला तर अफगानिस्तानको यो वास्तविकता हो ।
तालिबान सरकारका यस्ता क्रियाकलापविरुद्ध अफगान शहरमा विरोध प्रदर्शन भइरहेका छन् । तर, सरकारले प्रदर्शनकारीको आवाज सुन्नुको साटो उल्टै दमन गर्ने गरेको छ ।