काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा.सिके राउत र नेपालका लागि अमेरिकी राजदूत डिन.आर.थम्पसनबीच भेटघाट भएको छ।
शंखमुलस्थित जनमत पार्टी कार्यालयमा भएको भेटघाटमा प्रतिनिधि सभामा पार्टीले प्राप्त गरेको सफलताको लागि राजदूतले शुभकामना दिएका छन्।
साथै भेटघाटमा दुई देशबीच विकास सहकार्यबारे पनि छलफल भएको बताइएको छ।