बजारमा सुनको माग नभएपछि सुन आयात बन्द

काठमाडौँ‌ – बजारमा सुनको माग नभएपछि विदेशबाट हुने आयात रोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले विदेशबाट हुने सुनको आयात रोकिएको जानकारी दिएको हो। महासंघका अध्यक्ष मणिकरत्न शाक्यले अफ सिजन भएकाले माग नभएको र आयात समेत रोक्न अनुरोध गरेको बताए। महासंघले सुन आयात गर्ने जिम्मेवारी पाएको नेपाल बैंकर्स संघलाई सुन आयातको सिफारिस रोक्न अनुरोध गरेअनुसार आयात रोकिएको हो।

अध्यक्ष शाक्यले भने, ‘यतिबेला नेपाली बजारमा सुनको मूल्य वर्षकै उच्च बिन्दुमा छ। यहि कारण, सुनको माग छैन। यस्तै, पुस महिना सुनको अफसिजन समेत हो।’ यहि कारण, यतिबेला सुनको आयात रोकिएको उनले बताए। वाणिज्य बैंकहरूले केन्द्रीय बैंकको स्वीकृतीमा सुन आयात गर्दै आइरहेका छन्। व्यवसायीहरूले वाणिज्य बैंकसँग बजारको माग अनुसार सुन उठाउने गरेका छन्।

Share post:

Recent