भारतका दुई कफ सिरपमाथि डब्ल्यूएचओको चेतावनी, प्रयोग नगर्न सुझाव

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भारतीय कम्पनी मरिन बायोटेकका दुईवटा कफ सिरप प्रयोग नगर्न सुझाव दिएको छ। चिकित्सकीय उत्पादनको विषयमा जारी चेतावनीमा डब्ल्यूएचओले बुधबार भनेको छ कि मरिन बायोटेकका दुई दुषित चिकित्सकीय उत्पादन (कफ सिरप) गुणस्तर मापदण्ड वा विशिष्टतामा खरो उत्रिन सकेन।

विश्व स्वास्थ्य सङ्गठनले यी कफ सिरपको बिक्री पूर्णरुपमा बन्द गर्नुपर्ने बताएको छ। यसका लागि प्रभावित देश र क्षेत्रमा आपूर्तिको अनुगमन बढाउन निर्देशन पनि दिएको छ। उज्बेकिस्तानले मरिन बायोटेकका दुईवटा कफ सिरप खाँदा १९ बालबालिकाको ज्यान गएको आरोप लगाएको छ। यो कम्पनी नोएडा, उत्तर प्रदेशमा रहेको छ।

डब्ल्यूएचओको वेबसाइटमा भनिएको छ, ‘यी दुई उत्पादनहरू डिसेम्बर २२, २०२२ मा उज्बेकिस्तानमा पहिचान गरिएको थियो। यी उत्पादन हुन् AMBRONOL सिरप र DOK-1 Max सिरप। यी दुबै उत्पादनको निर्माण मरिन बायोटक प्राइभेट लिमिटेडले गर्छ। त्यतिबेलासम्म अहिलेसम्म कम्पनीले डब्ल्यूएचओको गुणस्तरको विषयमा कुनै ग्यारेन्टी दिएको छैन।’

उज्बेकिस्तानमा गरिएको अनुसन्धानमा यी कफ सिरपहरूमा डाइथिलिन ग्लाइकोल र इथाइलिन ग्लाइकोल अस्वीकार्य मात्रामा पाइएको थियो।

बिहीबार, उत्तर प्रदेशको खाद्य सुरक्षा र औषधि प्रशासनले मरीन बायोटेकको लाइसेन्स रद्द गरेको थियो।

समाचार एजेन्सी एएनआईका अनुसार गौतम बुद्ध नगर ड्रग इन्स्पेक्टर वैभव बाबरले भनेका थिए, ‘हामीले पर्याप्त कागजात उपलब्ध नगरेको कारण मरिन बायोटेकको लाइसेन्स रद्द गर्दैछौँ। यससँगै कम्पनीलाई कारण देखाउ नोटिससमेत जारी गरिएको छ।’

Share post:

Recent