काठमाडौँ – नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने भएका छन्। त्यसका लागि एकीकृत समाजवादीले आज पार्टी प्रवेश कार्यक्रम राखेको छ।
सो पार्टीका अनुसार भुसाललाई स्वागत गर्न शंखमुलस्थित होटल अर्यालयमा दिउँसो २ कार्यक्रम राखिएको हो। कार्यक्रममा पार्टीका शीर्ष नेताहरुको उपस्थिति रहने बताइउको छ।
एमालेबाट निर्वाचन टिकट नपाएपछि भुसालले रुपन्देहीमा स्वतन्त्र उम्मेदवार दिएर संघीय निर्वाचन लडेका थिए। तर, उनी पराजित भएका थिए। केहीदिनअघि उनले एकीकृत समाजवादीलाई पाँच बुँदे पत्र पठाउँदै पार्टी प्रवेशको ढोका खोलेका थिए।