कास्की- यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएको छ। पोखरा विमानस्थलमा अवतरण हुनु केही समय अघि विमान दुर्घटना भएको कास्कीका एसपी अजय केसीले बताए।
६८ जना यात्रु सवार विमान सेती नदीको खोचमा दुर्घटना भएको बताइएको छ। क्याप्टेन कमल केसीले उडाएको जहाज दुर्घटनापछि आगलागी भएको छ। अहिले घटनास्थलमा उद्धारकर्मीहरु पुगेका छन्।
घटनाका बारे थप जानकारी आउन बाँकी रहेको छ।