सरकारमा जाने प्रतीक्षामा लोसपा

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सरकारमा जाने निर्णय गरिसकेको छ। सत्ता साझेदार दलले पनि लोसपालाई सरकारमा लिने भनेको छ। तर आज एक बजे हुने शपथग्रहणमा लोसपालाई सहभागी गराउने कि नगराउने अझै टुङ्गो लागेको छैन। लोसपा सरकारमा सहभागी हुन तयारी अवस्थामा रहे पनि सरकारको तर्फबाट कुनै खबर वरिष्ठ नेता शरतसिंह भण्डारीले जानकारी दिए।

उनले भने, ‘हामीले सरकारमा जाने निर्णय गरिसकेका छौँ, सरकारले पनि लिने भनेको छ। तर, त्यसपछि थप कुराहरू अगाडि बढेको छैन। सरकारमा सहभागी हुँदा कति वटा मन्त्रालय लिने, कुन मन्त्रालय लिने, कसलाई पठाउनेलगायतका विषयमा छलफल गर्ने अधिकार पार्टीका अध्यक्ष (महन्थ ठाकुर)लाई दिएका छौं।’

Share post:

Recent