कर्णाली प्रदेश सभाको उपसभामुखका लागि बुधबार निर्वाचन हुने

सुर्खेत – कर्णाली प्रदेश सभाको उपसभामुखका लागि बुधबार निर्वाचन हुने भएको छ। सभामुख नन्दा गुरुङले बुधबार दिउँसो १ बजेका लागि निर्वाचन कार्यतालिका तोकेकी हुन्।

निर्वाचन सम्पन्न गर्नका लागि प्रदेश सभा नियमावली ०७९ को उपनियम ९ बमोजिम उपसभामुखको निर्वाचन तोकिएको सभामुख गुरुङले बताइन्।

सभामुख गुरुङले प्रदेश सभा नियमावली ०७९ को उपनियम ९ को उपनियम १ बमोजिम निर्वाचन सम्बन्धी सूचना प्रकाशित गर्न प्रदेश सभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीलाई निर्देशन समेत दिएकी छन्।

उपसभामुखका लागि सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का यशोदा न्यौपाने र रणसिंह परियारको नाम चर्चामा छ।

Share post:

Recent