काठमाडौँ – चीनको अरलमा सोमबार बिहान भूकम्पको झट्का महसुस गरिएको छ। भूकम्प ५.९ म्याग्नेच्युडको रह्यो। युरोपेली–भूमध्यसागरीय भूकम्पीय केन्द्र (इएमएससी)ले यसबारे जानकारी दिएको हो।
हालसम्म कुनै पनि खालको क्षतीको विवरण आएको छैन। भूकम्प अरल (चीन) को १११ किमी दक्षिण पूर्वमा आएको हो। यसबाहेक मध्य एशियामा स्थित देश किर्गिस्तानमा पनि भूकम्पको झट्का महसुस गरिएको छ, जसको तीव्रता ५.८ रह्यो।
शनिबार इरानको खोय शहरमा पनि भूकम्प आएको थियो जसमा सातजनाको मृत्यु भयो र करिब ४४० जना घाइते भए। भूकम्पको तीव्रता ५.९ थियो। भूकम्पको झट्का आसपासका थुप्रै शहरमा पनि महसुस गरियो। भूकम्प टर्की–इरान सीमा नजिकै उत्तर पश्चिम इरानको पश्चिम अजरबैजान प्रान्तको खोय शहरमा आएको हो।