राष्ट्रियसभा उपाध्यक्षको मनोनयन आज

काठमाडौँ – राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन आज मनोनयन दर्ता हुँदैछ। सङ्घीय संसद् सचिवालयका अनुसार अपराह्न १ बजेदेखि ४ बजेसम्म संसद् भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ।

सङ्घीय संसद्का सहायक प्रवक्ता दशरथ धमलाका अनुसार ४ः १५ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र २३ गते निर्वाचन गर्ने कार्यक्रम रहेको छ।

राष्ट्रियसभा उपाध्यक्ष रहेकी शशीकला दाहालको कार्यकाल सकिएको लामो समयसम्म उपाध्यक्ष पद खाली रहेको थियो। राष्ट्रिय सभा उपाध्यक्षमा विपक्षी गठबन्धनको तर्फबाट कांग्रेसले उम्मेदवारी दिने तयारी गरेको छ। सत्ता गठबन्धनले पनि आजै उम्मेदवार तय गर्ने तयारी गरेको छ।

Share post:

Recent