प्रधानमन्त्रीले गृहमन्त्रालयको जिम्मेवारी समाल्न नसकेको सत्तापक्षकै आरोप, तत्काल गृहमन्त्री नियुक्त राप्रपाको माग

काठमाडौँ । सत्तापक्ष दल राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले तत्काल गृहमन्त्री नियुक्त गर्न माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले देशमा भइरहेको अराजकता स्थितिलाई नियन्त्रणमा लिन माग गर्दै त्यसका लागि गृहमन्त्री नियुक्त गर्नुपर्ने माग गरेका हुन् ।

गृहमन्त्री रबि लामिछानेको नागरिकता विवादमा सांसद पद गुमेपछि गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नै समाल्दै आईरहेका थिए । तर, प्रधानमन्त्रीले गृहमन्त्रीको जिम्मेवारी भने पुरा गर्न नसकेको भन्दै सत्तापक्षकै सांसदले असन्तुष्टि पोखेका हुन् ।

सांसद शाहीले संसदमा बोल्दै भने, ‘सोमबार नयाँ बसपार्क क्षेत्रमा भएको घटनासहितले देशमा सरकार नभएको आभास गराएको छ । देशको शान्ति सुरक्षाको जिम्मेवारी वहन गर्न गृहमन्त्रालयमै मन्त्री नियुक्त नहुँदा देशमा अराजतक, लुटपाट भएको छ । त्यसैले तत्काल गृहमन्त्री नियुक्त गर्न म प्रधानमन्त्रीसमक्ष माग गर्छु ।’

सबै मन्त्रालय प्रधानमन्त्रीले सम्हाल्ने हो भने सबै मन्त्रालय खाली गरे हुने उनको भनाइ छ ।

Share post:

Recent