आजको मौसम पूर्वानुमान

काठमाडौँ – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम, कर्णाली  र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश एकको उच्च पहाडी तथा हिमाली भू(भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति  देशको  पहाडी भू-भागमा  आंशिक बदली तथा बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ।

देशभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नदेखिएकोले केही दिन वर्षाको कुनै सम्भावना नरहेको महाशाखाले जनाएको छ।

Share post:

Recent