आफैले प्रधानमन्त्री बनाएको प्रचण्ड फकाउन ओलीलाई सकस

काठमाडौँ – आफैले बालकोट बोलाएर प्रधानमन्त्री बनाएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मनाउन नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई निकै सकस परेको देखिएको छ। राष्ट्रपति निर्वाचनका लागि सहमतिको एजेन्डा बोकेर छलफलमा उत्रेका केपी ओलीले प्रधानमन्त्री प्रचण्डलाई मनाएर राष्ट्रपति हात पर्न निकै नै अप्ठेरो परेको देखिन्छ।

सरकार गठन भएको मिति देखि सरकार सञ्चालन र राष्ट्रपतिको निर्वाचनका विषयमा छलफलका लागी ओलीले प्रचण्डलाई २० पटक भेट गरिसकेका छन्।

राष्ट्रपतिबारे माओवादी केन्द्रले आधिकारिक निर्णय गर्ने तयारी गरिरहेका बेला एमाले अध्यक्ष ओली र प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’बीच पछिल्लोपटक बिहीबार बालुवाटारमा करिब २ घण्टा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार मनोहरि तिमल्सिनाले बताएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सत्ता गठबन्धनका दुई शीर्ष नेताहरूबीचको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ। यद्यपि, उनीहरूबीच राष्ट्रपति निर्वाचन र मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे केन्द्रित भए पनि ठोस निर्णयमा भने पुग्न नसकेको जनाइएको छ।

Share post:

Recent