प्रधानमन्त्री प्रचण्डसँग रवि लामिछानेको बालुवाटारमा भेट

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”सँग भेट गरेका छन्। बिहान प्रधानमन्त्री दाहालले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र रविलामिछानेसँग छुट्टा छुट्टै भेटवार्ता गरेका हुन्।

सोमबार बिहान अर्थमन्त्री पौडेल तथा लामिछानेले फरक–फरक समयमा प्रधानमन्त्रीसंग भेटवार्ता गरेको बताइन्छ।

अघिल्लो दिन प्रधानमन्त्रीसँग भेट गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउला लगायत नेपाली कांग्रेसका शीर्षस्थ नेताहरु बालुवाटार पुगेका थिए।

भेटघाटको क्रममा उनीहरुले प्रधानमन्त्रीसंग आसन्न राष्ट्रपति पदको निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेका थिए। प्रधानमन्त्री दाहालले आज सोमबार बस्ने माओवादी केन्द्रको पदाधिकारी बैठकमा कांग्रेसबाट आएको प्रस्तावबारे छलफल गर्ने आश्वासन दिएको बताइन्छ।

Share post:

Recent