लुम्बिनी प्रदेशमा जसपाका मन्त्री अहिरले गरे शपथ ग्रहण

बुटवल – लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीबाट सरकारमा नियुक्त भएका मन्त्री भण्डारीलाल अहिरले सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री लिला गिरिको सिफारिसमा उनलाई कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त गराइ शपथ ग्रहण गराएका हुन्।

यसअघि नियुक्त एमालेका एक मन्त्रीलाई बिना विभागीय बनाएर जसपालाई सरकारमा सहभागी गराइएको हो।

यस अघि सरकार बिस्तारका क्रममा एमालेले मुख्यमन्त्री सहित ५ मन्त्रालय लिएकोमा जसपा पनि सरकारमा आएको अवस्था रहेको कारण एमालेले लिएको मन्त्रालयबाटै जसपालाई दिने भन्ने सहमति भएको थियो। सोही सहमति अनुसार मुख्यमन्त्री गिरिले कृषि तथा भूमि व्यवस्थामन्त्री तुलसीराम शर्मालाई मुख्यमन्त्री कार्यालयमै राखेर जसपाका संसदीय दलका नेता अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त गरिएको हो।

Share post:

Recent