काठमाडौं – नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीबीच झडप भएको छ।
आज (सोमबार) काठमाडौंको थापाथली क्याम्पसमा अखिलका क्रान्तिकारीले राखेको झण्डा नेविसंघका नेताहरुले हटाएपछि झडप भएको हो। झडपसँग क्याम्पस परिसरमा अहिले प्रहरी परिचालन गरिएको छ।