पर्सा – पर्सामा गाडीको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको छ।
ठोरी गाउँपालिका-४ विजयबस्तीस्थित हुलाकी सडकखण्डमा बागमती प्रदेश-०१-०२७ च ०३०३ नम्बरको गाडीको ठक्करबाट बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक गिरीले जानकारी दिए।
मंगलबार बिहान साढे ८ बजे उक्त दुर्घटना हुँदा ठोरी-४ बस्ने १३ वर्षीय विश्वास श्रेष्ठको मृत्यु भएको हो। कोचिङ पढेर घर फर्किने क्रममा उनलाई नम्बर नखुलेको सेतो स्कार्पियो गाडीले ठक्कर दिएको भन्ने खबर प्रहरीले पाएको थियो।
खबर पाएपछि खटिएको टोलीले विश्वासलाई उपचारको लागि वीरगन्ज लगिएको थियो। उपचारको क्रममा सवा १० बजे मृत्यु भएको डिएसपी गिरीले बताए। अनुसन्धानपछि प्रहरीले चालक चितवन माडी नगरपालिका-३ बस्ने २५ वर्षीय पदम बिलास पन्तलाई गाडीसहित पक्राउ गरेको छ।