अब्दुस भन्छन्, ‘क्रान्ती भनेर हिँडेकाहरु दुई छाक मिठो खान पाएका छैनन्, माओवादीमा बिचौलीयाको रवाफ छ’

काठमाडौँ – नेकपा एमालेका नेता अब्दुस मियाँले माओवादी आन्दोलनबाट सिमित ब्यक्तिहरुले मात्रै फाइदा लिएकाले परिवर्तनका लागि क्रान्तीमा होमिएका अधिकांस समस्यामा परेको तर्क गरेका छन्।

मंगलबार मियाँले आफ्नो सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै यस्तो बताएका हुन्।

‘एकजना माओवादीका कार्यकर्ता भेटिए। करोड माथि पर्ने ल्यान्ड रोभर चढेर हिँड्दा रहेछन्। द्वन्दकालमा लुटपाट मच्चाउने टोली कमान्डर रहेछन् यिनि। जीवनमा जागीर खाएको, उद्धम गरेको कहिँ कतै रहेनछ।

माओवादीका नाममा चन्दा आतंक गरेर दुई चार बोरा पैसा यिनले आफ्नो घरतिर सुईँक्याएछन्। त्यसैमा यिनको जीवन चल्दो रहेछ। सांच्चै देश र क्रान्ती भनेर हिँडेका माओवादीहरुले आज दुई छाक मिठो खान पाएका छैनन्’, उनले लेखेका छन्।

परिवर्तनका निम्ती योगदान दिन क्रान्तीमा होमिएकाहरु समस्यामा परिरहेको बेला माओवादीका नाममा बिचौलीया बनेकाहरुको जीवनयापन र रवाफ बढेको उनले अंकित गरेका छन्। माओवादीको नाममा बिचौलीया बनेर स्वार्थसिद्ध गर्न पल्केकाहरुमा नेताले जे भन्यो त्यही मान्ने र चाकडीबाजमा रमाउने प्रवृत्ति रहेको संकेत गर्दै उनीहरु प्रचण्डको खुट्टामा राख्न सुहाउने भन्दै ब्याङ्य गरेका छन्।

<iframe src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2FAbdusMiyaOfficial%2Fposts%2Fpfbid02KMMcF7SnYyDkZXPPGkrpzHgbf173bUmfrKifVRUYwQxESxsgpYD96bj6WtTQYoDXl&show_text=true&width=500" width="500" height="297" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowfullscreen="true" allow="autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share"></iframe>

Share post:

Recent