काठमाडौँ – विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा स्कटल्यान्डले दिएको दुई सय १३ रनको मध्यम लक्ष्य पार गर्दै नेपालले जीत आफ्नो हातमा पारेको छ। नेपालले ८ विकेटको क्षतिमा ४४.१ ओभरभित्र उक्त लक्ष्य पार गर्दै जीत हासिल गरेको हो।
खेलको अत्यन्त कठिन समयमा नेपाली टिमका कप्तान रोहित पौडेलले ९५ रन लिँदै अर्धशतक प्रहार गरे। यो उनको सातौँ अर्धशतक हो । जारी प्रतियोगितामा भने दोस्रो अर्धशतक हो ।
नेपाल नियमित अन्तरालमा विकेट गुमाएपछि दबाबमा परेको थियो ।
त्रिकोणात्मक सिरिजका अघिल्ला तीन खेलमा सुदृढ प्रदर्शन गरेका ब्याटरले अन्तिम खेलको सुरुवाती अवस्थामा भने निराशा जनक खेल खेलेका थिए। तर खेलमा आफ्नो क्षमता प्रदर्शन गर्दै आठौँ विकेटपछि कप्तान रोहित पौडेल र करण केसीको साझेदारी बलियो बनेको थियो। यी दुइको साझेदारीमा नेपालले २ विकेटको जित हाँसिल गरेको हो।