चैत्र १५ मै आगामी सत्रको पाठ्यपुस्तक बिक्री खुल्ला गर्ने तयारीमा जनक शिक्षा सामग्री केन्द्र

काठमाडौँ – आगामी शैक्षिकसत्रको पाठ्यपुस्तक चैत्र १५ देखि बिक्री खुल्ला गर्ने तयारीमा जनक शिक्षा सामग्री संस्थान लिमिटेड जुटेको छ। जनक शिक्षाका अनुसार आगामी शैक्षिक सत्र (२०८० वैशाख २ गते)बाट सबै विद्यार्थिको हातमा पाठ्यपुस्तक पुर्‍याउन प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले दिएको निर्देशनलाई आत्मसाथ गर्दै चैत्र १५ देखिनै बिक्री खुल्ला गर्ने तयारी गरिएको हो।

केन्द्रले विराटनगर, जनकपुर, भरतपुर, धनगढी, नेपालगञ्ज, पोखरा, बुटवल सुर्खेत र काठमाडौंबाट बिक्री शुरू गर्न लागेको जानकारी दिँदै जनक शिक्षाका प्रवक्ता चित्रकुमार आचार्यले २४ सै घण्टा प्रेस सञ्चालन गरेर भए पनि समयमै पाठ्यपुस्तक पुर्‍याउने लक्ष्यअनुसार काम भइरहेको बताए।

केन्द्रका अनुसार ७७ लाख थान पाठ्यपुस्तक तयारी अवस्थामा रहेको छ भने ७ लाख थान नयारीको क्रममा रहेको छ। प्रवक्ता आचार्यका अनुसार यसै आधारलाघ विश्लेषण गर्दा वैसाखमा विद्यार्थी भर्ना भएसँगै सबै विद्यार्थीको हातहातमा पुस्तक पुग्नेछ।

Share post:

Recent