उपत्यकामा पाँच महिना पश्चात वर्षा

काठमाडौँ – काठमाडौँ उपत्यकामा पाँच महिनापछि वर्षा भएको छ।  पाँच महिनापछि आइतबार दिउँसो काठमाडौं उपत्यकामा पानी परेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए।

यसअघि असोज २८ गते मात्र उपत्यकामा पानी परेको उपत्यकामा यो वर्ष अझ सम्म हिउँदे वर्षा भएको थिएन। आइतबार उपत्यकासहित देशका पहाडी क्षेत्रमा मेघ गर्जन तथा चट्याङ्सहित हल्का वर्षा भएको हो।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार अहिले काठमाडौं उपत्यकाभित्र ललितपुर, काठमाडौं र भक्तपुरका केही ठाउँमा हल्का वर्ष भइरहेको छ।  तत्काल ठूलो वर्षा हुने कुनै सम्भावना भने नरहेको उनको भनाइ छ।  हल्का वर्ष हुनेक्रम केही बेरमा उपत्यकाका सबै क्षेत्रमा पुग्ने उनको भनाइ छ।

यस्तै गण्डकी प्रदेशको पोखरा लगाएत पहाडी भूभागमा भने दिउँसोदेखि नै वर्ष भइरहेको उनको भनाइ छ।

Share post:

Recent