काठमाडौँ – काठमाडौंको कोटेश्वरमा गएराति भएको दुर्घटनामा एकजना महिलाको मृत्यु भएको छ।
प्रहरीका अनुसार गएराति पौने १२ बजे नम्बर नखुलेको गाडीको ठक्करबाट अन्दाजी ३५ वर्षकी एक महिलाको मृत्यु भएको हो।
ती महिलाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा गएराति सवा १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक महिलाको पहिचान खुल्न बाँकी छ।