रिलिज अघिनै साउथ फिल्म “लियो”ले कमायो ६ सय ४० करोड

काठमाडौं – साउथ सुपरस्टार थालापति विजयको आगामी फिल्म लियोले रिलिज अगावै ६ सय ४० करोड कमाएको छ। चलचित्रलाई निर्देशक लोकेश कनागराजले निर्माण गरेका हुन्। निर्देशक लोकेश कनागराज र थालापति विजयले यसअघि मास्टर जस्ता ब्लकबस्टर फिल्म दिएका छन्। यसै कारण फिल्मले रिलिजअघि नै ६ सय ४० करोडको व्यापार गरिसकेको बताइको छ।

विजयले ब्लकबस्टर फिल्म कैथी, विक्रम र मास्टरबाट आफ्नो फ्यान फलोइङ बनाएका छन्। थालापथी विजयको फिल्म लियोले रिलिज अघि नै ६ सय ४० करोड कमाइसकेको छ। फिल्मले स्याटलाइट, डिजिटल, म्युजिक र नाटकीय अधिकार बेचेर यो रकम कमाएको हो।

फिल्म लियोको डिजिटल अधिकार नेटफ्लिक्सलाई १ सय ९२ करोडमा बेचेको छ। जसमा तमिल, तेलुगु, हिन्दी र कन्नड भाषाहरूको अधिकार समावेश छ। स्याटलाइट अधिकार सन टिभीलाई १ सय १२ करोडमा बेचेको छ। योसँगै फिल्मको म्युजिक राइट्स २९ करोडमा बिक्री भएको छ।

नन थ्रिएटिकल राइटस् लगभग ३ सय ८४ करोडमा बिक्रि भएको छ फिल्मले थिएटर राइटस्बाट लगभग २ सय ८० करोड रुपैयाँ कमाएको छ। फिल्मको विदेश अधिकारको माग करिब ८० करोड रुपैयाँ छ।

Share post:

Recent