कांग्रेस र एमाले दुवैले प्रतिपक्ष बेन्ज खोज्दा प्रतिनिधि सभा बैठक प्रभावित

काठमाडौँ – केही दिनअघिमात्र सरकारबाट बाहिरिएको नेकपा (एमाले) र सरकारमा सामेल हुन खुट्टा उचालेर बसेको नेपाली कांग्रेस दुवैले संसद्मा प्रतिपक्ष बेन्च खोजेपछि प्रतिनिधि सभा बैठक नै प्रभावित बनेको छ।

बुधबार दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधि सभाको बैठक दुवै दलले प्रतिपक्षमा बस्ने अडान नछोडेपछि संसद् सचिवालयले सूचना जारी गरेर पूर्वनिर्धारित बुधबारको बैठक १५ दिनपछि बस्नेगरी चैत ५ गतेसम्मका लागि स्थगित गरेको छ।

दुवै दलले प्रतिपक्षमा बस्ने अडान नछाडेपछि सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले बुधबारको बैठक विशेष कारणले बस्न नसकेको भन्दै सूचना जारी गरेका हुन्।

त्यसअघि सभामुख देवराज घिमिरेले कांग्रेस र एमालेका संसदीय दलका नेता उपनेता र प्रमुख सचेतकहरूसँग टेलिफोनमार्फत कुराकानी गरेका थिए। त्यस क्रममा कांग्रेस का प्रमुख सचेतक समेत रहेका रमेश लेखक र एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफूहरू संसद्को प्रतिपक्ष बेन्चमै बस्ने सभामुखलाई जानकारी गराएका थिए।

Share post:

Recent