दुई रेल आपसमा जुध्दा ग्रिसमा २६ जनाको मृत्यु, ८५ घाइते

काठमाडौँ – ग्रिसको मध्य सहर लारिसामा दुई रेल एक आपसमा जुधेको छ। दुई रेल आपसमा जुध्दा २६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएको अग्नी नियन्त्रण सेवाका अधिकारीहरुले जानकारी दिए।

एथेन्सबाट थेसालोनिकी तर्फ जाँदै गरेको यात्रुबहाक रेल र थेसालोनिकीबाट लासिरातर्फ जाँदै गरेको मालबहाक रेल ग्रिसको मध्य भूभागमा पर्ने लारिसा सहर जनिक ठोकिएको थेसाली क्षेत्रका गभर्नरले जानकारी दिफए। रेलका चारवटा डिब्बा लिगबाट उछिटिएको र ती मध्य दुई डिब्बामा तत्काल आगो लाग्दा ध्वस्त भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। सञ्चारमाध्महरुका अनुसार करिब २५० यात्रुहरुलाई दुर्घटनाग्रस्त रेलबाट सकुशल उद्धार गरिएको छ।

त्यस्तै स्थानिय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार यात्रुबाहक रेलमा ३५० यात्रु सवार रहेका थिए। दुर्घटनापछि दुर्घटनाग्रस्त रेलका भग्नावशेषका साथै आगो लाग्दा ठूलो धुवाँको मुस्लो देखिएको थियो।

Share post:

Recent