राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न परिवर्तन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले हालको चुनाव चिन्ह परिवर्तन गरेको छ। यसअघि गोलाकार भित्रको घण्टी परिवर्तन गरेर ‘घण्टी’ मात्र राखेको हो।

मतदान गर्न सहज होस र मतदाता नझुक्किउन भनेर गोला भित्रको घण्टीलाई परिवर्तन गरेर घण्टीमात्र राखिएको सो पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए। यसअघि निर्वाचन आयोगमा अर्कै पार्टीको नाममा सो चिन्ह रहेकोमा सो दल खारेज भएकोले निर्वाचन आयोगले घण्टी चिन्हलाई मान्यता दिएको उनले बताए।

Share post:

Recent