एफए कपमा हटस्पर्सको सेफिल्ड युनाइटेडसँग निरासाजनक खेल

काठमाडौँ – प्रिमियर लिग टोली टोटनहम हटस्पर्स एफए कपको पाँचौँ चरणमा च्याम्पियन्ससीप टोली सेफिल्ड युनाइटेडसँग स्तब्ध बनेको छ। बुधबार राति भएको खेलमा स्पर्स १–० गोलले पराजित भएको थियो।

खेलमा स्पर्सले सुरुवाती ११ मा ६ वटा परिवर्तन गरेको थियो। क्लबका सर्वकालीन गोलकर्ता ह्यारी केन अतिरिक्त खेलाडीका रुपमा राखिएको थियो। चेल्सीलाई २–० गोलले हराएर आएको स्पर्सले बुधबार भने निराश खेल प्रदर्शन गरेको थियो। लिमान एनडिआयेले खेलको अन्त्यतिर गोल गर्दै सेफिल्डलाई जीत दिलाए।

Share post:

Recent