नेपाल र यूएई आज भीड्दै, सन्दीपलाई पनि मैदानमा देख्न सकिने

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आजवाट नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछाने जोडिने भएका छन्। बालिग बलात्कारको मुद्दामा विदेश जान उनीमाथि लगाइएको रोकलाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि हिजो मात्रै युईए गएका लामिछानेले आज युएईविरुद्ध नेपालले खेल्ने खेल आवद्ध हुनेछन्।

सर्वोच्च अदालतको आदेशमा ढिला हुदाँ बिगतका खेलमा बाहिर रहेका लामिछाने आज भने मैदानमा देखिनेछन। प्रतिश जिसीलाई बाहिर राख्दै स्पीनर ललितनारायण राजवंशी वा सन्दीप लामिछाने मध्य एकलाई खेलाउने सम्भावना रहेको क्यानले जनाएको छ।

घरेलु मैदान टियुमा अघिल्लो साता नामिबिया र स्कटल्यान्डमाथि शतप्रतिशत जित निकालेको थियो नेपालले युएईमा भएको पहिलो खेलमा पपुवा न्युगिनीलाई ४ विकेटले हराउँदै जीत निकालेको थियो। नेपाल र युएईबीच ओडिआईमा कुल ९ खेल भएको छ। जसमा युएई ५ र नेपाल ४ खेलमा विजयी भएको छ।नेपालले गत पुषमा घरेलु मैदान टियुमा भएको तीन ओडिआई खेलको सिरिज २–१ ले जितेको थियो। २०१९ मा पनि युएईलाई उसकै घरेलु मैदानमा सिरिज २–१ ले जितेको थियो।

युएई २९ खेलमा १३ मा जित र १३ मा हार सहित २९ अंकका साथ पाँचौं स्थानमा छ भने नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकका साथ छैटौं स्थानमा छ। यस खेलमा बिजेता टोलीले २०२४ मा श्रीलंका हुने विश्वकपमा सहभागी हुन पाउनेछ। त्यसैले यो खेललाई नेपालले महत्वका साथ हेरेको छ।

नेपाली टोली : रोहित पौडेल कप्तान‌, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, सन्दीप लामिछाने, ९श्याम०, गुलशन झा, आरिफ शेख र प्रतिश जिसी।

Share post:

Recent