सन्दीपले लिएको विकेटसँगै नेपाललाई दोस्रो सफलता

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ मा नेपालले त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा यूएईविरुद्धको खेलमा दोस्रो सफलता हात पारेको छ। नेपालका लागि सन्दीप लामिछानेले दोस्रो विकेट लिएका हुन्।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले दोस्रो विकेट लिएका हुन्। सन्दीपले १४ औं ओभरको चौथो बलमा भिट्रीया अरविन्दलाई १८ रनमा क्याच आउट गराएका हुन्।

यो समाचार तयार पारिरहँदा युएईले २ विकेटको क्षतिमा ७६ रन बनाएका छन्। हाल सम्म १९.३ ओभरको खेल भइसकेको छ।

यसअघि नेपालका लागि करण केसीले पहिलो ओभरमा नै विकेट लिएका थिए।

Share post:

Recent