चाँगुनारायणमा एक युवकद्वारा आत्महत्या, मिटर व्याज बन्यो आत्‍महत्याको कारण

काठमाडौँ – चाँगुनारायण नगरपालिकाका एक युवकले आत्महत्या गरेका छन्। चाँगुनारायण नगरपालिका वडा नं ८ सुडाल निवासी श्याम तिमिल्सिनाले आत्महत्या गरेका हुन्। उनले आत्महत्या गर्नुको कारण मिटर व्याज रहेको जनाइएको छ। उनका नजिकका आफन्तहरुले दिएको जानकारी अनुसार उनी लामो समयदेखि घर जग्गाको कारोवारमा संलग्न रहँदै आएका थिए र विभिन्न व्यक्तिसँग पैसा उधारो लिएका थिए।

उधारो लिएको तर उधारो तिर्न नसक्न अवस्था आउँदा उनले आत्महत्या गरेको जनाइएको छ।

एक लाखको ८ हजार मासिक देखि १५ हजारसम्म व्याज मिटर व्याजीले लगाउन थालेपछि उनले आत्महत्या नै गर्न बाध्य भएको उनका नजिकका आफन्तले बताएका छन्। करिब ७ करोड भन्दा बढी पैसा उनले मिटर ब्याजमा बजारबाट लिएको देखिएको छ। आफ्नो पैसा त फस्यो फस्यो उक्त फसेको पैसालाई उकास्न लिएको  ऋणले उनलाई मृत्युको बाटोमा पुर्‍याएको आफन्तजनले बताएका छन्।

Share post:

Recent