काठमाडौँ – आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा च्याम्पिनय बनेको नेपाली यू–१९ टोली आज स्वदेश फर्कँदै छ। एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा यूएईलाई हराउँदै विश्वकपका लागी छनोट भएका नेपाली टोली आज स्वदेश फर्कन लागेका हुन्।
विश्वकपको एसीया क्षेत्र छनोटमा च्याम्पियन भएको नेपाली टोली आज साझ ६ बजे स्वदेश फर्कन लागेको नेपाल क्रिकेट संघ (क्यान)ले बताएको छ।
नेपालले बिहीबार भएको अन्तिम तथा निर्णायक खेलमा यूएईलाई ७ रनले हराउँदै नेपाल विश्वकपमा पुगेको थियो।