काठमाडौँ – सरकारले देशभरका नागरिकलाई काठमाडौँबाट समेत राष्ट्रिय परिचयपत्रको आवेदन दिन पाउने व्यवस्था गरेको छ। राष्ट्रिय परिचयपत्र आवेदन र वितरण प्रक्रिया छिटोछरितो रूपमा सञ्चालन गर्न सरकारले उपत्यकाभित्र थप पाँचवटा स्थान तोकेको हो।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कृष्ण पौडेलका अनुसार राष्ट्रिय परिचयपत्रको आवेदन तथा वितरणलाई तीव्रता दिन उपत्यकाभित्र पाँचवटा स्थानमा २७ वटा स्टेसन तोकिएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र जिल्ला प्रशासन कार्यालय ललितपुरका साथै नारायणहिटी दरबार परिसर, राष्ट्रिय सभागृह र सिंहदरबारस्थित विभागको केन्द्रीय कार्यालयमा आवेदन दिन सकिनेछ। राष्ट्रिय परिचयपत्र वितरणमा ढिलासुस्ती भएको भन्दै आलोचना भएको थियो।