श्री एयरलान्सको जहाजको इन्जिनमा आगो लाग्यो, आकस्मिक अवतरणको तयारी

काठमाडौँ – काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको छ। उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो।

सो जहाजलाई काठमाडौंमै आकस्मिक अवतरण गराउने तयारी छ। विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट उड्नासाथ चालक दलका सदस्यले इन्जिनमा आगो देखिएको भनेर टावरलाई जानकारी गराएका थिए।

सो जहाज धादिङको थाक्रेबाट काठमाडौंतर्फ नै फर्किएको छ।

Share post:

Recent