प्रचण्ड विरुद्धको मुद्दाको सुनुवाइ सुरु

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिट निवेदनमा सुनुवाइ सुरु भएको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ हुने भएको हो। यसअघि बिहीबार हुने भनिएको सुनुवाइ समय अभावका कारण भएको थिएन।

प्रचण्डको अभिव्यक्तिलाई लिएर उनीविरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जिवी वास गिरीले छुट्टाछुट्टै रिट दायर गरेका थिए।

Share post:

Recent