काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले नगरपालिका क्षेत्रभित्र उत्पादित बस्तु र सेवाको परिचय र प्रबद्र्धन गर्ने उदेश्यले आयोजना गरेको सिप सम्मेलन तथा कृषि मेला शुक्रबारदेखि सुरु भएको छ । शुक्रबार विहान नगरपालिकाले एक औपचारिक कार्यक्रम आयोजना गरि कार्यक्रम सुरु गरेको हो ।
भिडियो हेर्न यो लिंक थिच्नुहोस् :-
स्थानीय घरेलु उद्योग, विशिष्ट सेवा, कृषिमा आधारित उद्योग र त्यसको उत्पादन मार्फत नगरपालिकालाई समृद्धि र आत्मनिर्भरता दिलाउने उदेश्यले कार्यक्रम आयोजना गरिएको नगरपालिकाकी उपप्रमुख अनिता लामा बताउँछिन् ।
कार्यक्रममा नगरपालिकाभित्र स्थानीय श्रम र सीपको उपयोग गरी उत्पादन भएका मौलिक, सांस्कृतिक, पौराणिक बस्तु, कृषि तथा पशुजन्य उत्पादनको बिक्री तथा प्रदर्शनीका लागि ७१ व्टा स्टल राखिएको थियो । दुई दिने उक्त कार्यक्रममा हेर्न तथा किनमेल गर्न आउने स्थानीयहरुको उपस्थिती बाक्लो छ ।