काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपहाडी लोकमार्गबाट पूर्वदेखि पश्चिमसम्मको यात्रा गर्ने भएका छन्।
बैशाखको दोस्रो हप्ताबाट ओलीले मध्यपहाडी लोकमार्गबाट गाडीको यात्रा गर्दै जनतासँग भेटघाट गर्ने भएका हुन्। उनी एक महिना लामो यात्रामा निस्कन लागेका हुन्।
कानूनका विद्यार्थीसँग बिहीबारको अन्तरक्रियामा ओलीले आफू मध्यपहाडी लोकमार्गको यात्रामा निस्किन लागेको बताएका हुन्। उनी एक महिना लामो यात्रामा त्यहाँ रहेका जनतासँग भेट्ने बताएका छन्।
मिसन ग्रासरुट अभियान चलाएको एमालेले स्थानीय जनतालाई आफ्नो कार्यकालमा गरेका कामको प्रचार र पार्टीको सुदृढीकरण अभियान थालेको छ।