फिल्मले आश्चर्यजनक रुपमा बक्स अफिसमा राम्रो कमाइ गरेको हो । रिलिजपूर्व औसत हाइप बनाएको फिल्मले १५ करोडको सामान्य ओपनिङ गरेको थियो । तर सोमबारपछिका दिनमा पनि फिल्मले लय कायम राख्दै सय करोडको आँकडा छोएको हो । अघिल्लो साल ‘शमशेरा’बाट धोका खाएका रणवीरलाई ‘ब्रम्हास्त्र’को सफलताले राहत दिएको थियो । तर यो साल भने सुरुवातमै उनले हिट दिएका छन् । यही साल उनको ‘एनिमल’ आउन सक्छ ।
लभ रञ्जनको निर्देशन रहेको फिल्ममा श्रद्धा कपुर, डिम्पल कपाडिया र अनुभव बस्सीको अभिनय रहेको थियो । रणवीर र श्रद्धाले जोडी बनेर अभिनय गरेको यो पहिलो फिल्म थियो । शुक्रबारबाट अंग्रेजी र हिन्दी भाषाका थप तीन फिल्मले कमाइको रफ्तार रोके पनि आइतबारबाट फेरि यो फिल्मले पिकअप लिने लक्षण देखाएका छन् । शुक्रबार रिलिज भएका तीनै फिल्ममा दर्शक नआएको प्रदर्शकको प्रतिक्रिया छ ।