काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)ले घनश्याम भुसाललाई महासचिव बनाएको छ । आज बसेको सचिवालयको बैठकले भुसाललाई महासचिव बनाउने निर्णय गरेको उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए ।
उनका अनुसार यसअघिका महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष मनोनयन गरिएको छ ।
एमाले छाडेर स्वतन्त्र लडेका भुसाल चुनावमा पराजित भएपछि एकीकृत समाजवादीमा लागेका थिए ।
बैठकले ४ उपाध्यक्ष घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको पनि बताए ।
केन्द्रीय सचिवालय सदस्यको संख्या १९ पुर्याइएको उनले बताए । पार्टीले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको र आजबाट सत्ता पक्षको कुर्सीमा बस्ने निर्णय गरेको पनि बताए ।