काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६, नयाँबस्ती पहेँलो पुलनजिक जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् ।

४० वर्षीया सन्चिमाया वाइबाको टिनको टहरामा जुवातास खेलिरहेको अवस्थामा उनीसहित १२ जनालाई शनिबार राति नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले नगद ५९ हजार ८५ रुपैयाँ र १६ थान कौडासहित फेला पारी उनीहरूलाई पक्राउ गरेको थियो । घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Share post:

Recent