अभिभावकले झ्यालबाट ‘चिट’ दिन खोजेपछि…

जनकपुरधाम । धनुषाको एसईई परीक्षा केन्द्रबाट मर्यादाविपरीत काम गरेको आरोपमा एक अभिभावक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहिदनगर नगरपालिका–७, धबउलीका ४८ वर्षीय रामबाबु मण्डल छन् ।

सोमबार बिहान प्रहरीले उनलाई सबैला नगरपालिकास्थित जनता मावि परीक्षा केन्द्रबाट नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रहरीका अनुसार नेपाली विषयको परीक्षाका क्रममा उनले आफ्नो विद्यार्थीलाई झ्यालबाट ‘चिट’ दिने प्रयास गरेका थिए । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share post:

Recent