नेपोलीविरुद्ध मिलानको सानदार जित

काठमाडौं । राफेल लियोको दुई गोलप्रेरित एसी मिलानले आइतबार राति इटालियन सिरी ‘ए’मा शीर्ष क्लब नेपोलीमाथि ४–० को सानदार विजय हासिल गरेको छ ।

पाहुना टोली मिलानले १७औँ मिनेटमा लियोको गोलबाट अग्रता लिएको थियो । २५औँ मिनेटमा ब्राहिम डियाजले मिलानको अग्रता दोब्बर बनाए । ५९औँ मिनेटमा लियोले व्यक्तिगत दोस्रो गोल थपे । ६७औँ मिनेटमा एलेक्सिस सालेमाकरले अर्को गोल गरेपछि साविक विजेता मिलानले सहज जित दर्ता गरेको हो ।

‘‘यो पहिलो पाइला हो । लिगमा अझै १० खेलबाट बाँकी छन् । र, बाँकी सबै खेलमा यहाँ प्रदर्शन कायम गर्नुपर्छ,’’ मिलानका प्रशिक्षक स्टेफानो पियोलीले भने ।

जितपछि मिलानले २८ खेलबाट ५१ अंक जोडेको छ । त्यो दोस्रो स्थानको लाजियोभन्दा चार अंकले पछाडि हो । नेपोली हारका बाबजुद ७१ अंकका साथ शीर्ष स्थानमा कायम छ ।दोस्रो स्थानको लाजियोले गए राति मोन्जालाई २–० ले हराएको थियो । गए राति सिरी ‘ए’का अरू खेलमा रोमाले साम्पडोरियालाई ३–० ले हरायो । स्पेजियाले सालेरनिटानासँग १–१ को बराबरी खेल्यो ।

Share post:

Recent