नेटोले आफ्ना उपकरणमा टिकटकमाथि लगायो प्रतिबन्ध

काठमाडौं । नेटोले आफ्ना कर्मचारीहरुलाई यसले उपलब्ध गराएको उपकरणहरुमा सुरक्षाको विषयलाई लिएर टिकटक डाउनलोड गर्न एवं प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।

शुक्रबार नेटोले आफ्ना कर्मचारीहरुलाई यस्तो सूचना पठाएको हो । तर, आन्तरिक सुरक्षा व्यवस्थाका कारण यसअघि नै पनि नेटोका उपकरणहरुमा टिकटकको प्रयोग नरहेको बताइएको छ ।

नेटोका लागि साइबर सुरक्षा सबैभन्दा महत्वपूर्ण हो । नेटोले यसका लागि आवश्यकता एपहरुको मापदण्ड तोकेको छ । र, टिकटक यसका उपकरणहरुमा पहुँचयोग्य छैन,” नेटोका एक अधिकारीलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ ।

चिनियाँ सरकारले टिकटक प्रयोगकर्ताहरूको तथ्यांकमा पहुँच पुर्याउन सक्ने भन्दै यसमाथि प्रतिबन्ध लगाउने सबैभन्दा ठूलो अन्तरसरकारी निकाय नेटो बनेको छ ।

यसअघि, अमेरिका, बेलायत, नर्वे, युरोपेली संसद् र अन्य राष्ट्रहरूले सरकारी उपकरणहरुमा टिकटकमाथि प्रतिबन्ध लगाएका छन् ।

केही दिनअघि अमेरिकी संसदीय समितिमा बोल्दै टिकटकका सीईओ शाउ च्यूले कम्पनी बेइजिङबाट पूर्णरूपमा स्वतन्त्र भएकोमा जोड दिएका थिए ।

Share post:

Recent