स्वर्णिम वाग्लेले गरे मनोनयन दर्ता

तनहुँ १ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फीबाट स्वर्णिम वाग्लेले मनोनयन दर्ता गरेका छन् ।

उनको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा रुपक घिमिरे छन् ।

नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव बाँस्तोला मनोनयनअघि मात्र रास्वपामा प्रवेश गरेका थिए ।

घिमिरे भने रास्वपाबाटै उम्मेदवारको आकांक्षी थिए ।

 

Share post:

Recent