तनहुँ । नागरिक उन्मुक्ति पार्टीबाट भीम सुनारले आगामी निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् ।
तनहुँ क्षेत्र नम्बर १ मा उपचुनाव लड्न उनले मनोनयन दर्ता गराएका हुन् । प्रस्तावकमा राजेन्द्र प्रदान छन् भने समर्थकमा राजु प्रदान छन् । गाेरखाकाे आरुघाट निवासी घर भएका सुनार बिगत दुई दशक भन्दा बढि समय राजनीतिमा सक्रिय छन् । उमेदवारी दर्ता गर्न सुनार सँगै साे पार्टीका प्रदेश अध्यक्ष राजन गुरुङ पनि सँगसँगै थिए ।
