२१ चैत, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत मंगलबार भएको खेलमा जावलाखेल युथ क्लबले शीर्ष स्थानको सातदोबाटो युथ क्लबलाई २-१ ले पराजित गरेको छ ।
जारी सिजन उत्कृष्ट लयमा रहेका जावलfखेलका लागि विदेशी खेलाडीले दुवै गोल गरेका थिए ।
जितपछि सातदोबाटोलाई पछि पार्दै जावालखेल शीर्ष स्थानमा उक्लेको छ ।
६ खेलबाट ४ जित र १ बराबरीबाट जावालखेलले १३ अंक जोडेको छ । जारी लिगमा दोस्रो हार बेहोरेको सातदोबाटोको ६ खेलबाट १२ अंक छ ।